चितवन २ बाट निर्वाचित हुन लागेका रवि लामिछानेलाई गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले मतगणना चल्दै गर्दा हार स्वीकार गर्दै बधाई दिएका छन् । उनले खादा लगाएर लामिछानेलाई बधाई दिएका हुन् ।
श्रेष्ठले खादासँगै नेपालको झण्डा पनि लामिछानेलाई उपहार दिए। बधाई दिँदै श्रेष्ठले अहिले जनताले परिवर्तन खोजेको र पुराना पार्टीहरू सच्चिन आवश्यक रहेको बताएका थिए ।
लामिछानेले श्रेष्ठसँगै सहकार्य गरेर अघि बढ्ने बताएका छन्। पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको अग्रता छ । उनको जित निश्चित छ। गत वैशाख १० गते भएको उपनिर्वाचनको अहिले मतगणना जारी छ ।