प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन २ को मतगणना चलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ४१ हजार पाँच सय चार मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले सात हजार ६ सय ९५ मत ल्याएका छन् भने सात हजार तीन सय ९९ मतसहित एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले श्रेष्ठलाई पछ्याइरहेका छन् । अहिलेसम्म ५८ हजार तीन सय ६३ मत गणना भएको छ ।