बारा २ को मतगणना आजै ९ बजेबाट

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ को मतगणना आजै राति ९ बजेबाट सुरु हुने भएको छ । 

मतपेटिका संकलनको काम अन्तिम चरणमा पुगेकाले आजै ९ बजे सर्वदलीय बैठक बसेर मतगणनाको काम अघि बढाइने भएको छ । 

अहिले मतपेटिकाहरू मतगणनास्थलमा पुर्याइँदै छन् । कलैया उपमहानगरपालिका वडा नम्बर ३ को गंगानगरस्थित शैक्षिक तालिम केन्द्रमा मतगणनास्थल बनाइएको छ ।

सुरक्षाका लागि मतगणनास्थलको भित्री भागमा तारजाली लगाइनुका साथै सिसिटिभी जडान गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । 

See More On

सुझावित समाचार