योजना आयोगको सदस्यमा पौडेल, बिच्छा र बुढाथोकी

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त भएका छन् । आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट ल्याउने तयारी चलेका वेला सरकारले तीन सदस्य नियुक्त गरेको हो ।

सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न तहमा बसेर पूर्वाधार, समग्र अर्थतन्त्र, व्यापार, शिक्षालगायत विभिन्न विधामा अनुसन्धान गर्दैै आएका वरिष्ठ अर्थशास्त्री डा. रमेशचन्द्र पौडेललाई आयोगको सदस्यमा नियुक्त गरेको हो ।

त्यसैगरी, अन्य सदस्यमा स्वास्थ्य क्षेत्रमा लामो अनुभव सँगालेका प्रा.डा. आरपी बिच्छा र प्रभु बुढाथोकी रहेका छन् । बुढाथोकी काठमाडौंबाहिर रहेकाले शपथग्रहण हुन सकेन । अस्ट्रेलिया नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका पौडेल हाल त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका सहप्राध्यापक साथै त्रिभुवन विश्वविद्यालयअन्तर्गत सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन केन्द्रका प्रमुख भएर काम गरेका थिए । 

राष्ट्रिय योजना आयोगमा नयाँ सदस्यको नियुक्तिसँगै प्रभावकारी रूपमा नीतिगत साथै समग्र रूपमा राष्ट्रिय योजना तथा कार्यक्रमहरूको सूक्ष्म समीक्षा गरी अगाडि बढ्ने विश्वास लिइएको छ ।

सुझावित समाचार