रुससँगको सम्बन्धलाई उच्च महत्व दिन्छौँ : अध्यक्ष तिमिल्सिना

शनिबार, ९ बैशाख, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले रुससँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको बताएका छन्। 

रुसको औपचारिक भ्रमणमा नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर रुस गएका अध्यक्ष तिमिल्सिनाले रुसी अन्तर्राष्ट्रिय सम्बन्ध संस्थानमा विद्यार्थीहरुलाई सम्बोधन गर्दै नेपालले रुससँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको बताएका हुन्। 

‘हामी रुससँगको हाम्रो सम्बन्धलाई उच्च महत्व दिन्छौँ। विकासोन्मुख देशका रूपमा नेपालका लागि रुससँगको सम्बन्ध सुदृढ गर्ने ठूलो अवसर छ,’ उनले भने। 

तिमिल्सिनाले छिमेकी चीन र भारतले हालै रुससँग आफ्नो व्यापारको मात्रा बढाएकाे चर्चा गर्दै नेपाल र रुसबीचको व्यापार र रुसबाट नेपाल आउने पर्यटकको संख्या बढाउने उपायहरू पनि खोज्ने आशा व्यक्त गरे। 

नेपाल र रुस दुई देशले कूटनीतिक सम्बन्ध स्थापना गर्ने ऐतिहासिक काम भएपछि दुई देशबीच उच्च तहको आदान–प्रदान भएको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले सोभियत संघले नेपाललाई अस्पताल, सडक, जलविद्युत् आयोजना र कारखाना निर्माणमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे। 

सुझावित समाचार