तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौँ : नेता खनाल

शनिबार, ९ बैशाख, २०८०
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्। 

नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवसको अवसरमा शनिबार जनकपुरधाममा आयोजना हुने लागेको कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका सम्मानित नेता खनालले यस्तो बताएका हुन्। जनकपुरधाम विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले मिलेर जाने कुरा बेग्लै भए पनि नेकपा एकीकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पारे।

उनले आफ्नो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेकोसमेत बताए। उपनिर्वाचनपछि वर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि ? भन्ने प्रश्नमा उनले नराम्रो व्यवहारको प्रयोग भए गठबन्धनको स्वास्थ्य बिग्रने बताए। उनले वामपन्थी शक्तिहरू मिल्नुको विकल्प नरहेकोसमेत बताए। देशका विभिन्न क्षेत्रहरू जस्तै पवित्रधाम जनकपुरबाट आफूले वामपन्थीहरूको एकताका लागि आग्रह र आह्वान गर्ने बताए। सम्मानित नेता खनालले राष्ट्रियतामाथि संकट बढिरहेको बताए।  
 

सुझावित समाचार