अर्थ मन्त्रालयका उपसचिव ढुंगानालाई गैरकानुनी सम्पत्ति आर्जनमा सफाइ

शुक्रबार, ८ बैशाख, २०८०
डिजिटल संस्करण

विशेष अदालतले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानालाई गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा सफाइ दिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार करोड ६८ लाख रुपैयाँभन्दा बढी गैरकानुनी रूपमा आय गरेको भनी १८ पुस ०७६ मा मुद्दा दायर गरेकोमा शुक्रबार विशेषले सफाइ दिएको हो। 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य यमुना भट्टराईको इजलासले ढुंगानाका साथै जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकी उनकी श्रीमती मधु कोइरालालाई पनि सफाइ दिएको हो।

ढुंगानाले १९ साउन ०४९ देखि असार ०७५ सम्म ७९ लाख ५४ हजार रुपैयाँ वैध आय गर्नुपर्नेमा पाँच करोड ४८ लाख रुपैयाँभन्दा बढी व्यय तथा सम्पत्ति आर्जन गरेको भेटिएको थियो। 

अख्तियारसामु चार करोड ६८ लाख रुपैयाँभन्दा बढी रकमको स्रोत खुलाउन नसकेपछि सोही रकमबराबर बिगो कायम गरी मुद्दा दायर भएको थियो। उनले पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्यबाट अर्जेको सम्पत्ति श्रीमतीको नाममा राखेको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो। 

सुझावित समाचार