एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै छ । ओमानले टस जितेर फिल्डिङ रोजेकाे छ । नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र ओमानले एउटै लक्ष्य राखेका छन् । दुवै टोली लगातार दोस्रो खेलमा जित निकाली शीर्ष स्थान बलियो बनाउने प्रयासमा रहनेछन् ।
त्रिविको घरेलु मैदानमा नेपाल दुई महिनायता अपराजित छ । यसै मैदानमा नेपालले आइसिसी विश्वकप लिग– २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा ओमानलाई दुई खेलमा हराएको थियो ।

