डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले उपनिर्वाचनमा सत्तागठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने भएको छ। मंगलबार पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले चितवन २ र तनहुँ १ मा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ।
बारा २ मा भने गठबन्धनबाट एकभन्दा बढी उम्मेदवार भएकाले गठबन्धनभित्रैको उम्मेदवारबाट प्रदेशले आवश्यक निर्णय गर्ने बताइएको छ।