मनसुनजन्य विपत्तिको तयारीमा लाग्न सांसद सापकोटाको ध्यानाकर्षण

आइतबार, ३ बैशाख, २०८०
डिजिटल संस्करण

सांसद माधव सापकोटा सुबोधले मनसुनजन्य विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा लाग्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

आइतबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सिन्धुपाल्चोक, मनाङलगायतका जिल्ला जोखिमयुक्त रहेको चर्चा गर्दै यसबारे समयमै निर्णय लिन आग्रह गरेका हुन्। 

उनले भने, ‘मैले प्रतिनिधित्व गर्ने जिल्ला सिन्धुपाल्चोक जुन विपतको दृष्टिले उच्च जोखिमयुक्त जिल्लामा पर्दछ । सोलगायत अन्य जोखिमयुक्त जिल्लामा विपतपूर्व तयारी, प्रतिकार्य, पुनर्निर्माण गर्न जिल्लामा स्राेत–साधनसहितको विपतको युनिट राखियोस् ।’

यस्तै, उनले जोखिमयुक्त बस्तीहरूलाई अस्थायी रूपमा बर्सातअगाडि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरे। 

सुझावित समाचार