जिप दुर्घटनामा एकको मृत्यु

मंगलबार, २८ चैत, २०७९
डिजिटल संस्करण

पर्वतको महाशिला गाउँपालिकामा गएराति जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का  एक व्यक्ति घाइते भएका छन् । 

सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग.२च ६९० नम्बरको जिप महाशिला– ५ काहुलेमा दुर्घटना भएको हो । दुर्घटनामा चालक महाशिला– ४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए । 

दुर्घटनामा घाइतेको लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।  

सुझावित समाचार