सन्दीपको मुद्दामा चिकित्सकको वकपत्र गराउने आदेश

आइतबार, २६ चैत, २०७९
डिजिटल संस्करण

जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा नाबालिका (गौशाला २६)लाई परीक्षण गर्ने चिकित्सकको वकपत्र गराउन आदेश गरेको छ।

न्यायाधीश शंकरराज बरालको इजलासले आइतबार नाबालिगको स्वास्थ्य परीक्षणमा संलग्न भएका चिकित्सकसहित तीनजनालाई वकपत्र गराउन आदेश गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

तत्कालीन समयमा परीक्षण गर्ने डा. बिदामा रहेको र उनको सट्टामा अर्को डाक्टरको वकपत्र गराइएको देखिएकाले पुनः वकपत्र गराउन आदेश भएको हो।

सुझावित समाचार