कीर्तिपुर मैदानमा पुगे प्रधानमन्त्री प्रचण्ड

बिहिबार, २ चैत, २०७९
डिजिटल संस्करण

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत युएईविरुद्धकाे आजकाे अन्तिम खेलमा हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुर मैदानमा पुगेका छन् ।

केहीबेरअघि खेलमैदानमा पुगेका प्रधानमन्त्री प्रचण्डले आशावादी  हुन आग्रह गर्दै नेपाली क्रिकेट खेलाडीलाई विजयको शुभकामना दिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

यसैगरी एमाले अध्यक्ष केपी ओलीले पनि नेपाली टोलीलाई शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताका लागि नेपाली क्रिकेट टिमलाई शुभकामना ! राष्ट्र तपाईंहरूको साथमा छ, म तपाईंहरूको साथमा छु ।’

सुझावित समाचार