ललितले लिए तेस्रो विकेट, युएईको धर्मरायो ब्याटिङ

आइसिसी पुरुष विश्वकप लिग - २

आइतबार, २८ फागुन, २०७९
डिजिटल संस्करण

आगामी चार वर्षका लागि एकदिवसीय मान्यता कायम राख्न जित्नैपर्ने दबाबमा रहेको युएईको ब्याटिङ धराशायी भएको छ । 

नेपालले दिएको दुई सय ४९ रनको लक्ष्य पछ्याएको युएईले छैटौँ विकेट पनि गुमाएको छ । १६.१ ओभरमा ४६  रनको अवस्थामा युएईको छैटौँ विकेट खसेको हो । 

युवा स्पिनर ललितनारायण राजवंशीले २९ रन बनाएका आयन अब्जल खानलाई कुशल भुर्तेलको हातबाट क्याचआउट गराए । यो उनको तेस्रो विकेट थियो । 

१७ वर्षीय युवा ब्याटर खानले केही राम्रा सट खेल्दै टिमलाई उकास्न कोसिस गरे पनि अन्ततः ललितसामु टिक्न सकेनन् । 

त्यसअघि १४औँ ओभरको चौथो बलमा सन्दीप लामिछानेले नेपाललाई पाँचौँ सफलता दिलाएका थिए । सन्दीपले २९ बलमा ६ रन बनाएका रोहन मुस्तफालाई एलबिडब्लू आउट गरे । 

सुझावित समाचार