मेयर साह र चिनियाँ राजदूत सङबीच शिष्टाचार भेट

चीनमा काठमाडौंका सम्पदाको निर्माण शैली प्रवर्धन गर्ने चाहना

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत सङ प्रमुख साहको कार्यकक्ष पुगेका थिए ।

भेटका क्रममा आपसी सहयोग र दिगो सम्बन्धका विषयमा कुराकानी गर्दै प्रमुख साहले काठमाडौंका सम्पदाहरूको निर्माण शैली चीनका सहरहरूमा प्रवर्द्धन गर्न चाहेको बताएका थिए ।  ‘काठमाडौंसँग चीनका सातवटा सहरसँग भगिनी सम्बन्ध छ । त्यो सम्बन्ध नागरिकले महसुस गर्न योग्य हुनुपर्छ । यसका लागि हामी यहाँका मठमन्दिर तथा मौलिक भवनको बनावट त्यहाँका सहरमा निर्माण गर्न चाहन्छौँ,’ भेटमा साहले भनेका थिए ।

भेटका क्रममा राजदूत सङले आफूले नेपाललाई बलियो र समृद्ध भएको हेर्न चाहेको बताए । कुराकानीमा विद्युतीय सवारीसाधनको प्रयोग, विद्युतीय सवारीसाधन सञ्चालनका लागि चाहिने चार्जिङ स्टेसनलगायत सहरी व्यवस्थापनका विषयमा समेत छलफल भएको बताइएको छ ।
 

See More On

सुझावित समाचार