पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

मंगलबार, २३ फागुन, २०७९
डिजिटल संस्करण

उदयपुरको बेलका नगरपालिका–८ बकुन्द्रेमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारका अनुसार बेलका नगरपालिका–६ का १७ वर्षे सुदीप विष्टको मृत्यु भएको हो।

मंगलबार बेलका नगरपालिका ४ गुरुङचौरीका १७ वर्षे साथी जनम गतराजसँगै सप्तकोसीमा पौडी खेल्न गएका थिए। उनले भने, ‘पौडी खेल्ने क्रममा सुदीप विष्ट पानीमा डुबी बेपत्ता भएका थिए। खोजतलासको क्रममा विष्ट मृत फेला परेका थिए।’

मृतक विष्टको शव थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमको लागि घोपा धरान सुनसरी पठाइएको पोदारको भनाइ छ। 

See More On

सुझावित समाचार