गृहका सात सहसचिवको जिम्मेवारी तोकियो, अध्यागमनमा झलकराम अधिकारी

मंगलबार, १६ फागुन, २०७९
डिजिटल संस्करण

गृह मन्त्रालयले सात सहसचिवलाई जिम्मेवारी तोकेको छ। मन्त्रालयमै रहेका तथा केही जिल्लाका सिडिओहरूलाई सरुवा र जिम्मेवारी तोकिएको हो।

हालै सरुवा भएर आएका झलकराम अधिकारीलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ। जिम्मेवारीविहीन रहेका आस्मान तामाङलाई मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा तोकिएको छ। फणिन्द्रमणि पोखरेललाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक बनाइएको छ।

त्यस्तै, रुद्रादेवी शर्मालाई नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी दिइएको छ भने नारायण रिसाललाई बर्दियाको सिडिओ बनाइएको छ। बर्दियाका सिडिओ बन्धुराज बाँस्तोलालाई पाल्पाको सिडिओमा सरुवा गरिएको छ भने जगन्नाथ पन्तलाई पाल्पाबाट तानेर गृह ल्याइएको छ।

सुझावित समाचार