हिउँदे बालीसँगै भित्रिएको खुसी

आइतबार, ७ फागुन, २०७९
डिजिटल संस्करण
हिउँदे बालीसँगै भित्रिएको खुसी

थ्रेसिङका लागि तोरी स्याहार्दै नरैनापुर गाउँपालिका ४ खोदवाका रामनरेश तमौली । शब्द/तस्बिर : विश्वराज पछल्डङ्ग्या/नयाँ पत्रिका

हिउँदे बाली सप्रिएपछि नरैनापुर गाउँपालिकाका किसान हर्षित भएका छन्। वर्षात् नभएपछि धान खेती गर्न नपाएका नरैनापुरका किसानहरू हिउँदे बाली राम्रो भएपछि खुसी भएका हुन्। 

धानबालीको परिपूर्ति गहुँ, मसुरो र तोरीले गर्ने आशा गरेका नरैनापुर गाउँपालिका ४ खोदवाका रामनरेश तमौलीले बताए। तोरी स्याहार्दै गरेका उनले हिउँदे बालीले खाद्यान्न संकट टार्ने विश्वास गरे। 

वर्षात् नहुँदा नरैनापुरमा १५ प्रतिशत धान रोपाइँ भएको थियो भने गत वर्षभन्दा दश गुणा कम धान उत्पादन भएको थियो। धान उत्पादन नभएपछि गाउँपालिकाले सुक्खाग्रस्त क्षेत्र घोषणासमेत गरेको छ।   

सुझावित समाचार