भण्डारी आमाछोराको उपचार नेपालमा सहज नभएपछि भारत लैजान सिफारिस

बिहिबार, ४ फागुन, २०७९
डिजिटल संस्करण

ग्यास चुहिएर आगलागी भएपछि गम्भीर घाइते बनेका सांसद चन्द्र भण्डारी र आमा हरिकला भण्डारीको नेपालमा उपचार  नहुने भएको छ ।

आगलागीपछि घाइते भण्डारी आमाछोरालाई सिभिल अस्पताल हुँदै कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएर  उपचार गरिएको थियो । तर, कीर्तिपुर अस्पतालले भण्डारी आमाछोरालाई भारत लैजान सिफारिस दिएको छ ।

चिकित्सकका अनुसार भण्डारीकी आमाको ७० प्रतिशत भाग जलेको छ भने सांसद भण्डारीको ३० प्रतिशत भाग जलेको छ ।  सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन्।

सुझावित समाचार