कुनै पनि देशका सरकारले जनतासँग कर उठाउँछन् । सरकारको मुख्य आयस्रोत नै कर हुन्छ । सरकारले जनताबाट दुई तरिकाले कर उठाउँछन्, एउटा प्रत्यक्ष कर र अर्को अप्रत्यक्ष कर । सरकारले जनतासँग उठाउने करले विकास निर्माणका काम हुन्छन् । तर, केही यस्ता देश पनि छन्, आफ्ना जनतासँग कर उठाउँदैनन् । यति मात्रै होइन, उल्टै सरकारले जनतालाई सेवासुविधासमेत दिन्छ । तैपनि, ती देशले राम्रै प्रगति गरिरहेका छन् । आखिर कुन देश होलान् त ती, जसले जनतासँग कर नै लिँदैनन् ?
उनीहरूको कमाइको स्रोत के होला ?
साउदी अरब, दुबई, ओमन, बहराइन, कुबेत, बर्मुडाजस्ता देशमा जनताले सरकारलाई कर तिर्नुपर्दैन । यद्यपि, यी देश समृद्ध छन् । यहाँ पैसाको कमी छैन ।
कर नलिँदा कसरी चल्छ देश ?
जनतासँग कर नउठाउने देशले कमाइ त गर्छन्, तर अर्कै ढंगले । यस्ता देशमा कमाइको पहिलो स्रोत भनेको आयात कर हुन्छ । यहाँ भित्रिने हरेक सामानमा अन्य देशको तुलनामा बढी आयात कर लगाइन्छ । आयात कर बढी भएकैले बाहिरबाट आउने सामान अधिक महँगो हुन्छ । यस्ता देशमा कम्पनीले कर्पोरेट करसमेत तिर्नुपर्दैन । यस्तो स्थितिमा यी देशले आयस्रोतका लागि पर्यटनलाई प्रोत्साहन गर्छन् । घुमेर जाने पर्यटकबाट पनि कर लिइन्छ ।
सेल्फ वर्किङ मोडेलमा जोड
जनतासँग कर नलिने देशमा सेल्फ वर्किङ मोडेलमा जोड दिइन्छ । साथै, सरकारी संयन्त्रबाट पनि उनीहरूको प्रशस्तै कमाइ हुन्छ र खर्च पनि त्यसैले धान्छन् । यसमा सरकारको कुनै भूमिका हुँदैन ।