कर्मचारी सहिद प्रभुनारायण यादवको सालिक अनावरण

सोमबार, १६ माघ, २०७९
डिजिटल संस्करण

कर्मचारी सहिद प्रभुनारायण यादवको जन्मभूमि तोपामा सालिक अनावरण गरिएको छ। सोमबार सप्तरीको तिलाठी कोइलाडी–८ स्थित तोपा बजारमा यादवको सालिक अनावरण गरिएको हो। 

सप्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादवले सालिकको अनावरण गरेका हुन्। प्रमुख अतिथि यादवले स्वर्गीय प्रभुनारायण एक कर्तव्यनिष्ठ तथा इमानदार कर्मचारी रहेको भन्दै उनको कार्यशैली अरूका लागि पनि अनुसरणयोग्य रहेको बताए।

तत्कालीन जिल्ला विकास समितिका नायब सुब्बा पदमा कार्यरत प्रभुनारायण यादवको २०६४ साल कात्तिक १२ गते साँझ तोपानजिकै अज्ञात समूहले गोली हानी हत्या गरेका थिए। सरकारले सोही महिनाको २७ कात्तिकमा उनलाई कर्मचारी सहिद घोषणा गरेको थियो।

सुझावित समाचार