आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ३८ जनाको सनाखत भएको छ।
सनाखत भएका ३८ जनाको शव आफन्तलाई बुझाउने प्रक्रिया अघि बढेकाे अस्पतालले जनाएको छ। राेकिएकाे पोस्टमार्टमकाे काम अब केही बेरमा सुरु हुने अस्पतालले जनाएकाे छ।
दुर्घटनाग्रस्त क्षेत्रबाट संकलन गरिएका ६९ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको छ। ७२ जनामा हालसम्म ६९ जनाको शव फेला परेको हो। अन्य तीनजनाको खोजीकार्य जारी छ।

