विमान दुर्घटना : चारजना अझै बेपत्ता

आइतबार, १ माघ, २०७९
डिजिटल संस्करण

पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चारजनाको अवस्था अझै अज्ञात छ। 

विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। 

उनीहरूको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन भइरहेको जानकारी दिँदै उहाँले खोजीका लागि रात्रिकालीन बत्तीको व्यवस्था गरिएको बताए। उनका अनुसार हालसम्म ४४ वटा शव गण्डकी हस्पिटल पठाइसकिएको छ।

उनले भेटिएका शवमध्ये पोखरा र आसपासका व्यक्तिको यहीँ नै आफन्तलाई जिम्मा लगाइनेछ। काठमाडौंका शव उतै आफन्तलाई बुझाउने गरी पठाउने सोच बनाएको उनले बताए। अप्ठ्याराे खोँचमा रहेका केही शव निकाल्नका लागि क्रेनको प्रयोग भइरहेको छ। 

सुझावित समाचार