आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त क्षेत्रबाट ६२ जनाको शव निकालिएको छ।
चालक दलसहित ७२ जना सवार ९ एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो।
उक्त जहाज दुर्घटनाग्रस्त क्षेत्रबाट ६२ वटा शव सेती नदीको खोँचबाट निकालिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
उनका अनुसार २९ जनाको शव पोस्टमार्टमका लागि गण्डकी अस्पताल पुर्याइएको छ। अन्य ३३ जनाको सेती खोँचमाथि निकालेर अस्पताल पठाउने तयारी भएको उनले बताए। जहाज सेतीको खोँचमा खसेका ले उद्धारमा कठिनाइ भइरहेको छ।