बागमतीको सभामुखमा नेपकिपाबाट सायजूले दिइन् उम्मेदवारी

बिहिबार, २८ पुष, २०७९
डिजिटल संस्करण

बागमती प्रदेशको सभामुख पदका लागि नेमकिपाले पनि उम्मेदवारी दिएको छ। नेमकिपाबाट  सिर्जना सायजूले मनोनयन दर्ता गरेकी हुन्। 

बिहीबार प्रदेश सभा सचिवालय हेटौँडामा उपस्थित भएर उनले उम्मेदवारी दिएकी हुन्। उनलाई नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईंले प्रस्ताव र गीता काफ्ले समर्थन गरेका छन्।

भक्तपुरबाट नेपाकिपाको समानुपातिकतर्फबाट सांसद निर्वाचित भएकी सायजूले संविधानको धारा १८२ एवं प्रदेश सभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ७ को उपनियम (२) बमोजिम मनोनयन दर्ता गरेकी हुन्। प्रदेश सभामा नेमकिपाका तीनजना सांसद छन्।

सुझावित समाचार