प्रतिनिधिसभा सभामुख पदको निर्वाचन यही माघ ५ गते हुने भएको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सभामुख पदको निर्वाचनको मितिबारे संसद्लाई जानकारी गराएका हुन्।
त्यस अवसरमा उनले संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सो निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिए। सत्तारुढ दलहरूबीच सभामुख नेकपा (एमाले)लाई दिने सहमति भएको छ।