तीनजनामा कोरोना संक्रमण, एकको निधन

शनिबार, २३ पुष, २०७९
डिजिटल संस्करण

पछिल्लाे २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भाइरसको संक्रमणबाट आज एकजनाको मृत्यु भएको हो।

नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ। आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण देखिएको छ भने दुईजना उपचारपछि घर फर्किएका छन्। हाल २१ जना सक्रिय संक्रमित छन्। रासस 
 

सुझावित समाचार