यो एउटा यस्तो वर्ष रह्यो जसले यो विश्वलाई परीक्षामा खडा ग¥यो । युक्रेनमाथिको आक्रमणदेखि चीनको कोभिड– १९ सम्म, मुद्रास्फीतिदेखि जलवायु परिवर्तनसम्म, चीन–अमेरिका तनावदेखि महŒवपूर्ण निर्वाचनहरूसम्मबाट सन् २०२२ ले विश्वलाई कडा प्रश्नहरू सोधेको छ । यो परीक्षाले विश्वलाई नयाँ दिशातर्फ मात्र निर्देशित गरेको छैन, नयाँ कोणबाट मुहार पनि देखाइदिएको छ ।
पश्चिमका उदारवादी देशहरूको सबलता र लचिलोपन सबैभन्दा ठूलो आश्चर्य रह्यो । यो नै यस वर्षको सबैभन्दा सुखद पक्ष हो । फेब्रुअरी २४ मा भ्लादिमिर पुटिनले युक्रेनमा हमलाका लागि रुसी सेनालाई आदेश दिँदा भ्रष्टाचारले बदनाम यो मुलुकको सरकार सहजै ढल्ने सोचेका थिए । सन् २०२१ मा अफगानिस्तानबाट लज्जास्पद रूपमा फिर्ता भएपछिको म्लान्त र विभाजित पश्चिम युक्रेनलाई साँच्चैको दह्रो समर्थनसहित रुसको निन्दा गर्न असफल हुनु सुनिश्चित थियो ।
वास्तवमा भ्लोदोमिर जेलेन्स्की र उनका मानिसले आत्मनिर्णय र स्वतन्त्रताको निमित्त मृत्युवरण पनि गर्न सकिन्छ भन्ने पुष्टि गरेका छन् र उनीहरू प्रेरणास्रोत बनेका छन । लोकप्रिय समर्थन वृद्धि हुँदै गएपछि नै पश्चिमका सरकारहरूले लोकतन्त्रको नयाँ मिसाल युक्रेनलाई समर्थन गरे । उसलाई बाइडेन प्रशासनको नेतृत्वमा पश्चिमले त्योस्तरमा हतियार र सहायता प्रदान गरिरहेको छ, जुन युक्रेनले कल्पनासमेत गरेको थिएन ।
अमेरिकाका मतदाताले पनि पपुलिस्टका प्रतिगामी विचारविरुद्ध आफ्नो अभिमत जाहेर गरे । जो बाइडेनलको आश्चर्यजनक अनुमोदनले मध्यमार्गीहरूले आफ्नो मतलाई मौलिक अधिकार जोगाउन प्रयोग गरे । रोविरुद्ध वाडको मुद्दाबाट स्थापित अग्रगामी कानुनी सिद्धान्तलाई सर्वाेच्च अदालतले उल्ट्याइदिएको हुँदा केही राज्यका मतदाताले गर्भपतनको अधिकार जोगाउन आफ्नो मत उपयोग गरे । गत राष्ट्रपतीय निर्वाचनको परिणाम अस्वीकार गरेका डोनाल्ड ट्रम्पका सबैजसो कट्टर समर्थक मध्यावधि समीक्षासमेत मानिएको संसदीय निर्वाचनमा नराम्ररी पराजित भए ।
फ्रान्समा मारिन ले पेन आफ्नो चरम दक्षिणपन्थी मूललाई छिपाएर राख्दा पनि मध्यमार्गी इम्यानुयल म्याक्रोनको कडा निशानामा परिन् । जियोर्जिया मेलोनी विश्वयुद्धपछि इटालीको पहिलो चरम दक्षिणपन्थी प्रधानमन्त्री बनेपछि भने उनी मध्यपन्थतर्फ ढल्किइन् । लडखडाउँदो बेलायतमा पनि लेबर र सत्तारूढ कन्जरभेटिभ दुवै दलले निर्वाचनको जित दक्षिणपन्थ र वामपन्थको चरम लोकरिझ्याइँभन्दा पर हिसाब लगाइरहेका छन् ।
सोभियत साम्यवादको पतनपछि अहंकारी बनेको पश्चिमले इराक, आफगानिस्तान र सन् २००७–२००९ को विश्वव्यापी वित्तीय संकटमा त्यसको मूल्य चुकाएको थियो ।
अस्तव्यस्त ठानिएका लोकतन्त्रहरूले अनपेक्षित दृढता देखाउँदा सबल देखिएका निरंकुशताका खुट्टा लिखुरे देखिए । पुटिन आफ्नो विनाशकारी जुवाखाललाई दोब्बर र चौब्बर बनाउने मुख्य उदाहरण हुन् । तर, यस्ता उनी मात्रै होइनन् । हिजाबसम्बन्धी नियम पालना नगरेको आरोपमा पक्राउ परेकी महसा अमिनीको हिरासतमा मृत्युपछि चलिरहेको विरोध प्रदर्शनमा इरानका सुरक्षाकर्मीले महिला प्रदर्शनकारीको अनुहार, स्तन र गुप्तांगमा गोली हाने । अहिले यहाँका कठमुल्लाहरूले जनताको विश्वास गुमाएका छन्, उनीहरूसँग हिंसाबाहेक अरू कुनै साधन बाँकी छैन ।
काम गर्न बलियो नेता चाहिन्छ भन्नेहरूले आफ्नो यस्तो चाहनाबारे सावधान रहनुपर्ने भएको छ । सी जिनपिङले चिनियाँ कम्युनिस्ट पार्टीमा आफ्नो प्रभुत्व विस्तार गरेका छन् । उनले आफूलाई पार्टीको स्थायी प्रमुख र माओ त्से तुङपछिको सबैभन्दा शक्तिशाली नेताको रूपमा स्थापित गरेका छन् । तर, उनले घरजग्गा बजारलाई कस्ने, उपभोक्ता प्रविधिलाई नियन्त्रण गर्ने र कोभिडलाई रोक्न चालेको कदमले अर्थतन्त्रलाई ठूलो हानि ग¥यो । अहिले भाइरस फैलिएपछि चीन सरकारले महिनौँको समय त्यसै खेर फालेको स्पष्ट भएको छ । बरु उनको सरकारले वृद्धहरूलाई खोप लगाउने, आवश्यक औषधिको जोहो गर्ने अनि सघन कक्षका बेडहरू बनाउनमा समय लगाउनुपर्ने थियो ।
चीनको सबैलाई नियन्त्रणमा राख्ने कडीमा पनि दरार देखियो । तथापि, चिनियाँ सुरक्षाकर्मी गत महिना उठेको शून्य कोभिड नीतिविरोधी प्रदर्शनलाई दबाउन सफल रहे । प्रदर्शनलाई कतारका मास्करहित भिडले विश्वकपको मजा लिइरहेको दृश्यले आंशिक रूपमा उत्प्रेरित गरेको थियो ।
शास्त्रीय उदारवादी मूल्यहरू अंगाल्ने सबैका लागि पश्चिमको लचकता (सबलता) उत्साहजनक छ । लामो समयको पश्चगमनपश्चात् यो महŒवपूर्ण परिवर्तन हो । तर, शुभसमाचार यति मात्रै हो । सन् २०२२ को परीक्षाले यो विश्व र संयुक्त राष्ट्रसंघमा विभाजनको गहिराइलाई पनि प्रकट गरेको छ ।
यो विभाजनलाई आकलन गर्न सन् २००१ को सेप्टेम्बर ११ हमलापछि अमेरिकालाई मिलेको विश्वव्यापी समर्थन र युक्रेन युद्धमा तटस्थ रहने ग्लोबल साउथ (तेस्रो विश्व)को निर्णयबीच तुलना गरेर हेर्दा हुन्छ । पछिल्लोपटक, राष्ट्रसंघले अघि सारेको रुसको निन्दा गर्ने खेद प्रस्तावको मतदानमा ३५ देश अनुपस्थित रहे । पश्चिमा मुलुकले आफ्नो सरोकारका विषयलाई अन्तर्राष्ट्रिय कानुनको विषय भनी दाबी गरेको धेरैले मन पराउँदैनन् । जब कि पश्चिमा जगत् यमन वा हर्न अफ अफ्रिका (सोमालिया)को युद्ध वा भन्नुस् जलवायुसँग सम्बन्धित खडेरी र बाढीजस्ता मुद्दालाई सधैँ नै क्षेत्रीय ठान्छ ।
विश्वका अधिकांश भागमा उदारवादी मूल्यमान्यताहरू घेराबन्दीमा परेका छन् । ब्राजिलमा जयर बोल्सोनारोको पराजयको बाबजुद ल्याटिन अमेरिकामा लोकतन्त्र तनावमा छ । टर्कीमा विनाशकारी मुद्रास्फीतिको भग्नावशेषमाथि विराजित रेसेप तैयप एर्दोगानले सन् २०२३ को निर्वाचनका सम्भावित प्रतिस्पर्धीहरूलाई धमाधम मुद्दा लगाउँदै छन् । इजरायलमा बेन्जामिन नेतान्याहु अरबद्वेषी, समलिंगीद्वेषी चरम दक्षिणपन्थीसँग गठबन्धन बनाएर भ्रष्टाचार अभियोगमा जेलबाट बच्ने प्रयास गरिरहेका छन् । इन्डोनेसियाले डिसेम्बरमा एउटा अनुदार फौजदारी संहिता ल्याएको छ, जसले विवाहइतर यौन–सम्बन्धमा प्रतिबन्ध लगाउँछ, वाक् स्वतन्त्रतालाई कुण्ठित गर्छ र धार्मिक कट्टरपन्थ लागू गर्छ । भारतको अर्थतन्त्र प्रविधि–प्रेरित उद्यमले गर्दा मौलाउँदो छ, तर उसको राजनीति बहुसंख्यकवाद, कुरूप र क्रूर हुँदो छ ।
विश्वभर सीमित सरकारको अवधारणा संकटोन्मुख छ । युक्रेन आक्रमणपछिको ऊर्जा संकटका कारण युरोपका सरकारहरूले मूल्यलाई स्थिर राख्न पैसा ओइ¥याइरहेका छन् । बजारको सट्टा औद्योगिक नीति उपयोग गरेर उनीहरू जीवाश्म इन्धनबाट सफा ऊर्जातर्फको संक्रमणमा पनि पैसा खन्याइरहेका छन् । यो भने स्वागतयोग्य लक्ष्य हो । चिनियाँ सुरक्षा खतराको अमेरिकी जवाफ व्यापार अवरोध तथा अनुदान भएका छन् । ऊ आफ्नो घरेलु अर्थतन्त्रलाई थप मजबुत बनाउन र घरेलु उद्योगहरूलाई सबल बनाउन अनुदान दिँदै छ । उसको यो नीतिले अमेरिकाका सहयोगीलाई भने हानि पु¥याइरहेको छ । आर्थिक राष्ट्रवाद अहिले लोकप्रिय बनेको छ । महामारीले राज्यका अपेक्षाहरूलाई परिवर्तन गरेको छ ।
तर, ठूला सरकारका पुँजीवादको रेकर्ड कमजोर छ । विशेषगरी अमेरिकामा आंशिक रूपमा गलत वित्तीय तथा मौद्रिक नीतिसिर्जित दशकौँदेखिको उच्च स्फीतिलाई हेर्दा मतदाताहरूले अयोग्य राजनीतिज्ञ र उच्चपदस्थहरूलाई अर्थतन्त्रको साँचो कसरी सुम्पिन्छन् भनेर अचम्म लाग्छ । ऊर्जा र प्रविधिका क्षेत्रमा राज्यसमर्थित उद्योगहरू कहिलेकाहीँ सफल हुन्छन्, तर राज्यले त्यसमा जति धेरै पैसा खन्याउँछ त्यहाँ सुदखोरीको लालच उत्तिकै बढ्दै जान्छ र त्यो उद्यम उति समस्याग्रस्त हुँदै जान्छ ।
सीमित सरकारको उदारवादी आँखाबाट हेर्दा, व्यक्तिगत आत्मासम्मानको सम्मान र मानव प्रगतिमाथिको विश्वासका हिसाबमा सन् २०२२ मिश्रित रह्यो । तर, आशाका किरण छन् । सोभियत साम्यवादको पतनपछि अहंकारी बनेको पश्चिमले इराक, अफगानिस्तान र सन् २००७–२००९ को विश्वव्यापी वित्तीय संकटमा त्यसको मूल्य चुकाएको थियो । सन् २०२२ मा पनि घरेलु पपुलिज्म र चीनको असाधारण उदयले हल्लिएको पश्चिमले चुनौतीको मुकाबिला गरेको छ र आफ्नो खुट्टा टेक्ने गतिलो आधार भेट्टाएको छ । (द इकोनोमिस्टबाट)