प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

आइतबार, १७ पुष, २०७९
डिजिटल संस्करण
प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्।

आइतबार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले पानसमा दीप बालेर विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन्। यसअघि त्यस क्षेत्रमा हेलिकाेप्टरमार्फत पुष्पवृष्टि गरिएको थियो।

समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललगायतका विशिष्ट व्यक्तिसहित पोखरावासीको उत्साहजनक उपस्थिति रहेको छ।

सुझावित समाचार