प्रधानमन्त्री र गृहमन्त्रीबीच बालुवाटारमा भेटवार्ता

शनिबार, १६ पुष, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । 

भेटवार्ताका क्रममा गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्ने बारेमा संक्षिप्त रिपोर्ट पेश गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन गृहमन्त्रीलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
 

सुझावित समाचार