प्रचण्डको नेतृत्वमा सरकार बन्छ, राष्ट्रपति कार्यालय जाँदै छौँ : शंकर पोखरेल

आइतबार, १० पुष, २०७९
डिजिटल संस्करण

नेकपा एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भएको बताएका छन्। 

उनले संविधानको धारा ७६ को उपधारा २ अन्तर्गतको दुई दलभन्दा बढीको समर्थनमा सरकार गठनका लागि दाबी प्रस्तुत गर्ने सहमति भएको जानकारी दिए। 

सरकार गठनका लागि प्रमुख दल एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायतका पार्टीहरूको कुल संख्या एक सय ६६ पुगेको छ। 

यी दलहरूको सहमतिमा माओवादीका प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने निर्णय भएको छ। ‘दलहरूका तर्फबाट राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्न हामी राष्ट्रपति कार्यालय जाँदै छौँ,’ उनले भने।

सुझावित समाचार