सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका १ स्थित नेले बजारमा भीषण आगलागी भएको छ। मंगलबार दिउँसो ४ बजेबाट सुरु भएको आगलागीबाट ५ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले बुद्धिबहादुरको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतको घर नष्ट भएको छ।
अहिले प्रणय राईको घरमा आगो प्रवेश गरेको छ । आगो नियन्त्रणका लागि स्थानीय र प्रहरीले प्रयास गरिरहेका छन्। सल्लेरीबाट नगरपालिकाको दमकल झिकाइएको वडाध्यक्ष घनराज सुनुवारले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार आगो नियन्त्रणका लागि जिल्लाबाट प्रहरी निरीक्षक अनिल मिश्रको नेतृत्वमा प्रहरी टोलीसहित सोलुदुधकुण्ड नगरपालिकाको दमकल प्रस्थान गरिसकेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
सोलुको नेले बजारमा भीषण आगलागी, ५ घर जले, अझै नियन्त्रणबाहिर
सुझावित समाचार
प्रहरी प्रवक्ता भन्छन्– नयाँ पत्रिकामा प्रहरी पठाएकोबारे जानकारी छैन
काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले नयाँ पत्रिकाको कार्यालयमा प्रहरी पठाइएको विषयमा जानकारी नभएको बता…
पत्रकार महासंघका महासचिव नयाँ पत्रिकामा, ‘प्रहरी’ भन्दै छिरेको टोलीसँग छलफलमा
काठमाडौं । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल पुतली सडकस्थित नयाँ पत्रिकाको कार्यालय आइपुगेका छन्। प्रहरी हौं भ…
‘प्रहरी’ भन्दै विनाअनुमति एक जत्था नयाँ पत्रिकामा प्रवेश, पत्रकार मैनालीलाई खोज्दै [भिडियाेसहित]
काठमाडौं । आफूहरुलाई नेपाल प्रहरी बताउने एक जत्था नयाँ पत्रिकाको कार्यालयमा प्रवेश गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान क…
प्रेस काउन्सिलसम्बन्धी विधेयकबारे कानुन मन्त्रालयमा छलफल
काठमाडौं । प्रेस काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा कानुन मन्त्रालयमा छलफल भएको छ। शुक्रबा…
नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन सम्पन्न
काठमाडौं । नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली …
बारामा तीन सवारीसाधन ठोक्किँदा १० जना घाइते
काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका– २१ मा डिजेल बोकेको ट्यांकर, हाइस र मोटरसाइकल एक–आपसमा ठोक्किँद…