प्रहरी मेस भवन निर्माण

बिहिबार, २९ मंसिर, २०७९
डिजिटल संस्करण

मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराजमा प्रहरी कर्मचारीहरूकै आर्थिक सहयोगमा मेस भवन निर्माण भएको छ। 
मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराजमा कार्यरत प्रहरी कर्मचारीहरू, आन्तरिक प्रहरी कल्याण कोष, प्रहरी श्रमदान र मधेश प्रदेश प्रहरी कार्यालयमातहत अन्य प्रहरी कर्मचारीहरूको भौतिक सहयोगमा १९ लाख ७५ हजार रुपैयाँ लागतमा भवन निर्माण भएको हो। 
जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार- प्रहरी जवान मेस भवनको तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र केसीले उद्घाटन गरे। कार्यक्रममा प्रहरी नायब निरीक्षक सुरज खवासले भवन निर्माणसम्बन्धी प्रतिवेदन पेस गरेका थिए। 

सुझावित समाचार