महाकालीमा एकतर्फी तटबन्ध : भारतीय दूतावासअघि अखिल (क्रान्तिकारी)काे प्रदर्शन

बुधबार, २१ मंसिर, २०७९
डिजिटल संस्करण
महाकालीमा एकतर्फी तटबन्ध : भारतीय दूतावासअघि अखिल (क्रान्तिकारी)काे प्रदर्शन

तस्बिर : संजित परियार/नयाँ पत्रिका

महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विरोधमा नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले प्रदर्शन गरेको छ। बुधबार लैनचाैरस्थित भारतीय राजदूतावासअगाडि अखिल (क्रान्तिकारी)ले प्रदर्शन गरेको हो।

नेपाललाई क्षति पुग्ने गरी भारतले दार्चुलास्थित महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध बनाउन थालेपछि ढुंगा हानाहान भएको थियो। ढुंगा लागेर दुवैतर्फका केही नागरिक घाइते भएका छन्।

नेपालतिर क्षति पुग्ने गरी नदीको धार परिवर्तन गर्न तटबन्द बनाएर भारतले ज्यादती गरेको भन्दै अखिल (क्रान्तिकारी)ले भारतीय दूतावासअघि प्रदर्शन गरेको हो। यस विषयमा नेपालले भारत सरकारलाई मंगलबार नै कूटनीतिक नोट पठाइसकेको छ।

सुझावित समाचार