तारा एयरको जहाजमा चरा ठोक्कियो, मानवीय क्षतिबाट बच्याे

बुधबार, २१ मंसिर, २०७९
डिजिटल संस्करण

हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको छ। नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो।

अदानचुली गाउँपालिकाको मुने लेकनजिकै चिल ठोक्किएको तारा एयरका कर्मचारीले जानकारी दिएका छन्। दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ।

यद्यपि, जहाजमा सवारहरू भने सकुसल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ। जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना सवार रहेको थिए।

सुझावित समाचार