सुनसरी १ : राप्रपाको सुरुवाती अग्रता, स्वतन्त्र र रास्वपाबीच टक्कर

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

सुनसरीको क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोक राईले सुरुवाती अग्रता लिएका छन्। ६ सय मतगणना हुँदा उनले एक सय ७४ मत प्राप्त गरेका हुन्। 

त्यसै गरी दोस्रोमा स्वतन्त्रका मनोज मेन्याङ्बोले एक सय ४१ र तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सरिन तामाङले एक सय १३ मत प्राप्त गरेकी छन्। 

क्षेत्र नम्बर १ मा दुबै गठबन्धनका उमेदवारहरु भने चौथो र पाँचौमा छन्। सत्ता गठबन्धनबाट माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बोले ७० र एमाले-जसपा गठबन्धनबाट जनता समाजवादी पार्टीका अशोक राईले २५ मत प्राप्त गरेका छन्।

सुनसरी क्षेत्र नम्बर १ मा दुई ठूला गठबन्धनका उमेदवारलाई स्वतन्त्र उमेदवारहरुले चुनौती दिएका थिए।

एमालेको पकड क्षेत्र मानिएको क्षेत्र नम्बर १ मा धरान उपमहानगरपालिकाका सबै २० वटै वडा, बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५ र रामधुनी नगरपालिकाको ६ र ७  वडा पर्दछन्।
 

सुझावित समाचार