इटहरी । सुनसरी क्षेत्र नम्बर २ अन्तरगत इटहरीको एक केन्द्रमा भेटिएकाे मतपत्रबारे विवाद उत्पन्न भएपछि मतगणना रोकिएको छ ।
क्षेत्र नम्बर २ (क) को महेन्द्र मावि मतदान केन्द्रको 'ङ' बुथबाट प्रदेश सभा सदस्यको प्रत्यक्षको मतपत्र हुनुपर्ने ठाउँमा प्रतिनिधिसभाकै मतपत्र भेटिएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिए ।
‘प्रदेशको मतपत्र दिनुपर्ने ठाउँमा प्रतिनिधिसभामाको मतपत्र दिएपछि विवाद उत्पन्न भएको थियो,’ अधिकारीले भने, ‘निर्वाचन अयोगलाई जानकारी गराएका छौं, उताको प्रतिक्रिया पर्खिरहेका छौं ।’ प्रतिक्रिया पाउन साथ साेही अनुसार अघि बढ्ने उनले बताए ।
अधिकारीका अनुसार सर्वदलीय बैठक नै स्थगित भएपछि मतगणना नभएको हाे ।