संविधानलाई संस्थागत गर्न सत्तागठबन्धनको जित आवश्यक : नेता सिंह

मंगलबार, २९ कार्तिक, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानलाई संस्थागत गर्न र राष्ट्रिय राजनीतिलाई स्थायित्व दिन सत्तागठबन्धनले जित्न आवश्यक रहेको बताएका छन्। मंगलबार चुनावी घरदैलोका क्रममा काठमाडौं १ का उम्मेदवार सिंहले यस्तो दोहोर्याएका हुन्।

देशको संविधान कांग्रेसको नेतृत्वमा जारी भए पनि अघिल्लो निर्वाचनमा कांग्रेसले म्यान्डेट नपाउनु दुर्भाग्य रहेको उनको भनाइ छ। प्रतिपक्षको गलत कदमले संविधान असफल बनाउँदै, नेपाललाई पुनः अस्थिरतातर्फ लैजान लागेको समयमा कांग्रेसले नेतृत्व लिएर संविधानको संरक्षण गरेको उनले बताए।

उचित कानुनको अभावमा जनताले सोचेजस्तो गाउँगाउँमा सिंहदरबार हुन नसकेको स्वीकार गर्दै नेता सिंहले सत्तागठबन्धनको जितले त्यसको सुनिश्चित गर्ने दाबी गरे।

सुझावित समाचार