बागमती करिडोरका टहरा भत्काउने अल्टिमेटमविरुद्ध सुकुमबासी आन्दाेलित

मंगलबार, २९ कार्तिक, २०७९
डिजिटल संस्करण

बागमती नदी करिडोर क्षेत्रका सुकुमबासी बस्ती हटाउने अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अल्टिमेटमविरुद्ध सुकुमबासीहरू विरोधमा उत्रिएका छन्। संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजको अगुवाइमा सुकुमबासीहरूले मंगलबार गुह्येश्वरीस्थित समितिको कार्यालय घेराउ गरेका छन्।

समितिले गत शुक्रबार एक सूचना जारी गर्दै नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका घर–टहरा तथा निर्माण सामग्री र सवारीसाधन हटाउन १० दिनको अल्टिमेटम दिएको थियो। तोकिएको समयमा घरटहरा नभत्काए बल प्रयोग गरेरै भत्काउने समितिले चेतावनीसमेत दिएकाे थियाे। 

तस्बिरहरु : संजित परियार/नयाँ पत्रिका

सुझावित समाचार