१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २८ सोमबार १४:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसले गर्‍यो पाँच बागी उम्मेदवारलाई कारबाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २८ सोमबार १४:३७:००

कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने पाँचजनालाई कारबाही गरेको छ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै पाँचजनालाई कारबाही गरेको हो।

कारबाहीमा पर्नेमा कांग्रेस हुम्लाका महासमिति सदस्य मंगलबहादुर शाही, बाराका महाधिवेशन प्रतिनिधिद्वय रवीन्द्रप्रसाद (रोशन) यादव, वीरेन्द्रप्रसाद यादव, क्रियाशील सदस्य धर्मेन्द्रप्रसाद यादव र जिल्ला सदस्य राम एकवालप्रसाद यादव छन्।

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले कांग्रेसको विधानबमोजिम पाँच वर्षका लागि सदस्यसमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिइएको जानकारी दिए। 

कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र  आधिकारिक उम्मेदवारलाई असहयोग गरेका नेता तथा कार्यकर्ताको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरेको छ। रासस