१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार २o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा दुई शिक्षक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २o:१६:oo

कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, कास्कीले दुईजना शिक्षकलाई सोमबार पोखराबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ११ फुलबारी बस्ने ३९ वर्षीय नारायण बाँस्तोला र सोही स्थान बस्ने ३७ वर्षीय रामचन्द्र बाँस्तोला रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए।

आइतबार बिहान ०९ः०० बजेको समयमा पोखरा ११ फूलबारीस्थित शिवशक्ति माविमा सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट बाहिरिएको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजार र तालुक गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रवक्ता शर्माले जानकारी दिए।

प्रहरीले उनीहरूलाई कक्षा १२ को थप उत्तरपुस्तिका आठ थान र तीनवटा मोबाइलसहित पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको शर्माले जानकारी दिए।
 

ad
ad