१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २६ शनिबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका नवलपरासी
२o७९ कार्तिक २६ शनिबार १४:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झाँक्रीले अगुल्टो मुखमा झोस्दा र्‍यापर कुँवर गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
२o७९ कार्तिक २६ शनिबार १४:५४:oo

नवलपरासी पूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन्। नौ दिनअघिको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि यो तथ्यबाहिर आएको हो।

र्‍यापरसमेत रहेका कावासोती–१ निवासी २० वर्षे मिलनजंग कुँवर बिरामी भएर घर आएका वेला उपचारका लागि भन्दै परिवारले नौ दिनअघि घरमा झारफुक गर्न देवचुली–१२ का झाँक्री दीपक सार्कीलाई बोलाएको थियो।

सार्कीले झारफुक गर्ने क्रममा अगुल्टोले मुखमा पटक–पटक झोस्दा कुँवर गम्भीर घाइते भएका हुन्। परिवारका अनुसार घाइते कुँवरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ। 

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि शुक्रबार झाँक्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। घटनाका बारेमा अनुसन्धान भइरहेको पाठकले बताए।