१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २५ शुक्रबार १९:३५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कतार विश्वकप : सर्जियो बुस्केटको नेतृत्वमा स्पेनको टिम घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २५ शुक्रबार १९:३५:००

कतार फिफा विश्वकप फुटबलका लागि स्पेनले सर्जियो बुस्केटको नेतृत्वमा टिम घोषणा गरेको छ । विश्वकप अर्को सातादेखि सुरु हुँदैछ । 

स्पेनका प्रमुख प्रशिक्षक लुइस एनरिकेले युवा खेलाडीलाई विश्वास गरी स्पेनिस टिमको घोषणा गरेका हुन् । सन् २०१० को विश्वविजेता स्पेनले २६ सदस्यीय टिममा भेट्रान डिफेन्डर तथा पूर्वकप्तान सर्जियो रामोसलाई अटाएको छैन । 

स्पेनिस टिम बार्सिलोनाका मिडफिल्डर पेड्री र गाभी, एट्लेटिको मड्रिडका कोके, म्यानचेस्टर सिटीका रोड्रीलगायतका युवा स्टार टिममा छन् ।