१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष ४ सोमबार ०७:३२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कतार विश्वकप २०२२ भव्य रूपमा समापन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष ४ सोमबार ०७:३२:००

पहिलोपटक मध्यपूर्वी एसियाली राष्ट्र कतारले आयोजना गरेको २२औँ संस्करणको विश्वकप २०२२ भव्य रूपमा समापन भएको छ । कतारले आइतबार विश्वकपको समापनसँगै राष्ट्रिय दिवस पनि मनायो ।

लुसेल रंगशालामा फ्रान्स र अर्जेन्टिनाबीचको उपाधि भिडन्तअघि समापन कार्यक्रम आयोजना भएको थियो । लगभग ४ मंसिरमा आयोजक कतार र इक्वेडरबीचको खेलसँगै विश्वकप सुरु भएको थियो । एक महिनासम्म चलेको फुटबलको महाकुम्भ मेलाको समापन डेभिडो र इसाले ‘कतार विश्वकपको हैया हैया’ गीतमा प्रस्तुति गरे । यसैगरी, ओजुना र जिम्सले प्रस्तुति दिए ।

सांस्कृतिक कार्यक्रममा क्यानेडियन गायिका तथा नायिका नोरा फतेहीले समेत प्रस्तुति दिइन् । ४ मंसिरमा अल बायत रंगशालामा विश्वकपको उद्घाटन भएको थियो । त्यसवेला फ्रान्सका लिजेन्ड मार्सेल डिसैलीले विश्वकप ट्रफी सार्वजनिक गरेका थिए । एसियाली क्षेत्रमा यो दोस्रोपटक विश्वकप आयोजना भएको हो । यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए । सो विश्वकपमा ब्राजिलले कीर्तिमानी रूपमा पाँचौँपटक विश्वकप ट्रफी उचाल्यो । 

सन् २०१० मा कतारले विश्वकप आयोजना गर्न अधिकार प्राप्त गरेको थियो । तत्कालीन फिफा अध्यक्ष सेप ब्लाटरले निकै विवादास्पद रूपमा कतारलाई विश्वकप आयोजक राष्ट्रको घोषणा गरेका थिए । विश्वकपका लागि कतारले दुई खर्ब २० अर्ब अमेरिकी डलर खर्च गरेको थियो । विश्वकपको उद्घाटन समारोहमा कोरियाली ब्यान्ड बिटिएस स्टार जोङ कुकले प्रस्तुति दिएका थिए ।