१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष २ शनिबार ०९:२५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कतार विश्वकप : ६२ खेलमा एक सय ६३ गोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष २ शनिबार ०९:२५:००

२२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको तेस्रो स्थानको खेल शनिबार हुँदै छ । अहिलेसम्म ६२ खेलमा एक सय ६३ गोल भएका छन् । चालू विश्वकपमा प्रतिखेलको गोल औसत २.६३ रहेको छ । कतार विश्वकपमा १६ मध्ये ११ गोल पेनाल्टीबाट भएका छन् । अर्जेन्टिनी कप्तान लियोनल मेसीले पेनाल्टीमा मात्रै तीन गोल गरेका छन् । अर्जेन्टिनाका इन्जो फर्नान्डेजले अस्ट्रेलिया र मोरक्कोका नायेफ अगुर्डले क्यानडाविरुद्धको खेलमा आत्मघाती गोल गरेका थिए । 

चालू विश्वकपमा दुई खेलाडीले मात्र समान पाँच गोल गरेका छन् । अर्जेन्टिनी खेलाडी मेसी र फ्रान्सका केलियन एम्बाप्पेले समान पाँच गोल गरेका छन् । यी दुवै खेलाडी गोल्डेन बुट दौडमा अगाडी छन् । यसैगरी, अर्जेन्टिनाका जुलियन अल्भारेज र फ्रान्सका ओलिभर जिरुडले समान चार गोल गरेका छन् । तीन गोल गर्ने खेलाडीमा ब्राजिलका रिचार्लिसन, इंग्ल्यान्डका बुकायो साका, स्पेनका अल्भारो मोराटा, इक्वेडरका इनर भ्यालेन्सिया, नेदरल्यान्ड्सका कोडी गाक्पो, पोर्चुगलका गान्कोलो रामोस तथा इंग्ल्यान्डका मार्कोस रास्फोर्ड छन् । 

विश्वकपमा मेसी, पोल्यान्डका रोबर्ट लेवान्डोस्की, इंग्ल्यान्डका ह्यारी केन, क्यानडाका अल्फेन्सो डेभियस र साउदी अरेबियाका सलिम अल दासरीले एक–एक पेनाल्टी चुकाएका थिए । विश्वकपमा १८ खेलाडीले दुई–दुई गोल गरेका छन् । चालू विश्वकपमा पहिलो गोल गर्ने खेलाडी इक्वेडरका भ्यालेन्सिया हुन् । उनले आयोजक कतारविरुद्धको उद्घाटन खेलमै गोल गरेका थिए । इंग्ल्यान्ड र फ्रान्सले विपक्षी पोस्टमा १३–१३ गोल गरेका छन् । 

कोस्टारिकाले प्रतियोगितामा ११ गोल व्यहोरेको छ । प्रतियोगितामा फ्रान्सले सर्वाधिक पाँच खेल जित हात पारेको छ । क्यानडा र कतारले समूह चरणका तीनवटै खेल गुमाए । समूह चरणमा इंग्ल्यान्ड, मोरक्को र नेदरल्यान्डले सर्वाधिक सात अंक जोड्दै नकआउट चरण स्थान पक्का गरेका थिए । जारी प्रतियोगितामा एकै खेलमा सबैभन्दा बढी गोल गर्ने टोलीमा स्पेन हो । स्पेनले समूह चरणमा कोस्टारिकालाई ७–० ले  हराएको थियो ।