मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक १९ शनिबार २३:२७:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

फुलह्यामलाई हराउँदै सिटी पुनः शीर्ष स्थानमा उक्लियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक १९ शनिबार २३:२७:००

१० खेलाडीमा सीमित म्यानचेष्टर सिटी प्रतिस्पर्धात्मक खेलमा फुलह्यामलाई हराउँदै इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुनः उक्लिएको छ । 
९४औँ मिनेटमा पाएको पोनाल्टी अवसरमा इर्लिङ हालान्डले बललाई जाली चुमाएपछि सिटीले खेल २–१ ले जित्यो । खेलको १६औँ मिनेटमा अल्भारेजको गोलमा सिटीले खेलमा अग्रता लिएको थियो । 

तर, खेलको २६औँ मिनेटमा क्यानसेलोले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित भयो । त्यसक्रममा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै फुलह्यामले बराबरी गर्यो । 

त्यसपछि सिटीले लगातार दबाब कायम गरे पनि गोल हुन सकेको थिएन । तर, ९४औँ मिनेटमा डि ब्रुअनेलाई फुलह्यामका डिफेन्डरले डिबक्सभित्र लडाएपछि सिटीले ३ अंक आर्जन गर्ने अवसर पाएको थियो । 

खेलपछि १३ खेलमा ३२ अंक हासिल गर्दै सिटी शीर्ष स्थानमा छ । एक खेल कम खेलेको आर्सनल ३१ अंकसहित दोस्रो स्थानमा छ । भोलि आर्सनलले चेल्सीको सामना गर्नेछ ।