मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक १९ शनिबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १९ शनिबार १६:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्टेग्रिटी आइडल नेपालका उत्कृष्ट पाँच कर्मचारी सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १९ शनिबार १६:o८:oo

‘इन्टेग्रिटी आइडल नेपाल–२०२२’ का उत्कृष्ट पाँचजनाको नाम सार्वजनिक गरिएको छ। 

शुक्रबार सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्दै आएका कर्मचारीको कामको मूल्यांकनका आधारमा एकाउन्ट्याबिलिटी ल्याब नेपालले उत्कृष्ट पाँच कर्मचारी सार्वजनिक गरेको हो।

इन्टेग्रिटी आइडल नेपालमा यो वर्ष सडक विभागकी इन्जिनियर कल्पना अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जन, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी हवल्दार राजेश साह जयसवाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी उपसचिव रोशनीदेवी कार्की र सीमा प्रशासन कार्यालय नाम्चेकी शाखा अधिकृत सुजनकुमारी बर्देवा उत्कृष्ट कर्मचारी घोषित भएका हुन्।
 
एकाउन्ट्याबिलिटी ल्याबले हरेक वर्ष सक्षम, इमान्दार र सेवाग्राहीको कामप्रति मूल्यांकन गर्दै कर्मचारीलाई आइडल घोषित गर्दै आएको छ।