१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १८ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १८ शुक्रबार o८:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विश्वकप फुटबलमा सिजी नेटको नयाँ अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १८ शुक्रबार o८:o९:oo

इन्टरनेट सेवाप्रदायक सिजी नेटले विश्वकप फुटबल प्रतियोगिताको अवसर पारेर एफटिटिएच अर्थात् ‘फुटबल टू द होम’ योजना ल्याएको छ । कम्पनीले ग्राहकले एकदमै किफायती मूल्यमा उच्च ब्यान्डविथको मज्जा लिन सक्ने योजना ल्याएको हो ।योजनाअनुसार भर्खरै जारी गरिएका प्याकेजहरूमा स्प्रिन्टर प्लस  १३० एमबिपिएस मासिक सात सय ९९ रुपैयाँमा, पपुलर प्रो २५० एमबिपिएस मासिक एक हजार ९९ रुपैयाँ प्रतिमहिना र रकस्टार म्याक्स ३५० एमबिपिएस एक हजार दुई सय ९९ रुपैयाँमा ल्याएको जनाइएको छ । 

उपभोक्ताले एक–महिना, तीन–महिना र १२–महिनाको वैधता अवधि भएका तीन फरक प्याकेजबाट छनोट गर्न सक्ने कम्पनीले जनाएको छ । आइपिटिभीका लागि इन्टरनेट तीन–महिना र १२–महिना सदस्यताका लागि मात्र उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ ।

यसका साथै कम्पनीले सिजी नेट र सिजी डिजिटलको सहकार्यमा सिजी डिजिटल एफटिटिएच (फुटबल टू द होम) योजनाअन्तर्गत ग्राहकले १५ हजार पाँच सय रुपैयाँमा ३२ इन्चको सिजी स्मार्ट टिभी प्राप्त गर्न सक्ने जनाइएको छ । त्यस्तै, ४३ इन्चको सिजी स्मार्ट टिभी २६ हजार रुपैयाँ तोकिएको छ । यो खरिदसँगै, ग्राहकले स्वतः तीन महिनाको नेट परीक्षण प्राप्त गर्ने जनाइएको छ । 

त्यस्तै, सिजी नेटले ३० एमबिपिएसदेखि तीन सय एमबिपिएससम्मका पाँच नयाँ एसएमई प्याकेजहरू प्रस्तुत गरेको जनाइएको छ । यसमा स्थिर आइपी समावेश भएको र ग्राहकलाई कुनै एफयुपी प्रतिबन्धविना इन्टरनेट ब्राउज गर्न दिने कम्पनीको भनाइ छ । स्पिड मानक ब्यान्डविथ सब्सक्राइब गरिएको भन्दा तीन गुणाले बढाइने कम्पनीले जनाएको छ । कम्पनीले आवासीय र व्यापार योजना दुवैका लागि ड्रप तार र जडान निःशुल्क व्यवस्था गरेको जनाइएको छ ।