१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १७:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दुई किशोरीको अपहरण गरी बलात्कार गरेको आरोपमा नौजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:५९:oo

मेला हेरेर फर्किँदै गरेका दुई किशोरीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा नौजना पक्राउ परेका छन्। रुपन्देहीको कञ्चन गाउँपालिका–२ गोफ्लापुरबाट मेला हेरेर फर्कँदै गरेका १५ र १६ वर्षीया किशोरीलाई १०/१२ जनाको समूहमा रहेका युवाहरूले बुधबार राति अपहरण गरी जबर्जस्ती करणी गरेका थिए।

१५ वर्षीया किशोरीलाई गैडहवा गाउँपालिका– ८ स्थित देउराली सामुदायिक वनमा र १६ वर्षीया किशोरीलाई गैडहवा गाउँपालिका– २ कुलिचौरस्थित कञ्चन खोलाको बगरमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ।

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिका– १० का १८ वर्षीय बबी पाण्डे, सोही ठाउँका २६ वर्षीय रामबहादुर बिकलगायत थप तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।

त्यसैगरी, १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सैनामैना– ११ बनकट्टीका १९ वर्षीया पदम कार्की र गैडहवा गाउँपालिका– ८ का १८ वर्षीय राहुल परियारलगायत थप दुईजना पक्राउ परेका प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्यको खोजी भइरहेको बताइएको छ।

ad
ad