१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मुख्य समाचार डिजिटल संस्करण

संसद् विघटनबारे स्वतन्त्र पार्टी : व्यक्तिगत स्वार्थपूर्तिका लागि लोकतन्त्र र विधिलाई निमोठियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:३७:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो व्यक्तिगत, गुटगत र दलगत स्वार्थपूर्तिका लागि लोकतन्त्र र विधिलाई निमोठिएको जनाएको छ। बिहीबार सार्वजनिक पार्टीको वाचापत्रमा गत पाँच वर्षको समीक्षा गर्दै सो पार्टीले पछिल्लो पाँच वर्षमा दलहरूको प्रवृत्ति छर्लंग भएको बताएको छ।

पार्टीभित्रको आन्तरिक किचलो र गुटगत तानातानका कारण संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी दुईपटक संसद् विघटन गरिएको रवि लामिछाने नेतृत्वको पार्टीको चुनावी वाचापत्रमा उल्लेख गरिएको छ।

‘पार्टीभित्रको आन्तरिक किचलो र गुटगत तानातानको सिकार संसद्लाई बनाइयो। संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर दुई–दुईपल्ट संसद्को हत्या गर्ने प्रयास गरियो । आफ्नो व्यक्तिगत, गुटगत र दलगत स्वार्थपूर्तिका लागि मुलुकको जतिसुकै अहित गर्न तथा लोकतन्त्र र विधिलाई निमोठ्न तयार हुने दलहरूको प्रवृत्ति पछिल्लो पाँच वर्षमा झन् छर्लंग भयो,’ वाचापत्रमा भनिएको छ।

ad
ad